दफा
पूर्वाधार सम्बन्धी व्यवस्था
(१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले एकसय असी दिनभित्र अनुमतिपत्र बमोजिमको व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको पूर्वाधारको व्यवस्था गर्नु पर्नेछ ।
तर वेयर हाउस सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार बोर्डले तोके बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र पूर्वाधारको व्यवस्था गर्न नसकी थप अवधि माग गरेमा बोर्डले बढीमा नब्बे दिनसम्म थप गरिदिन सक्नेछ ।
(३) यस दफा बमोजिम पूर्वाधार व्यवस्था नगरी अनुमति प्राप्त संस्थाले कारोबार सञ्चालन गर्न सक्ने छैन ।
(४) उपदफा (२) बमोजिम थपिएको म्यादभित्र पनि पूर्वाधार व्यवस्था नगरेमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ ।